Skip to content

खैरो हिरोइनसहित गोलबजारबाट ३ जना पक्राउ

कालोपाटी

६ दिन अगाडि

काठमाडौँ । गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारबाही गरिएको छ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक केसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–६, लक्ष्मीटोलबाट खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइनजस्तो देखिने पदार्थ ९ ग्राम १०० मिलिग्राम तथा नगद ५८ हजार रुपैयाँ बरामद गरिएको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ निवासी १९ वर्षीय रोशन विश्वकर्मा, २८ वर्षीय बसन्त श्रेष्ठ र ३६ वर्षीय संजित मोहन रहेका छन्।

तीनै जनालाई लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वमा गोलबजार क्षेत्रमा लागू औषधको ओसारपसार तथा बिक्रीवितरणविरुद्ध निरन्तर कडाइका साथ अभियान सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ।

यस कारबाहीले समाजमा लागू औषधविरुद्ध सकारात्मक सन्देश गएको स्थानीयवासीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार