Skip to content

खेलकुदमन्त्री बब्लु गुप्ताको नाम दुरुपयोग नगर्न एनआरएनए अमेरिकाको चेतावनी

कालोपाटी

१७ घण्टा अगाडि

काठमाण्डौ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट पारेको छ।

परिषद्को प्रवक्ता सन्देश उप्रेतीका अनुसार परिषद्को आधिकारिक स्वीकृति बिना गरिएका कार्यक्रमहरू अवैध र अमान्य हुनेछन्। परिषद्ले आफ्नो नाम र पहिचानको दुरुपयोग गर्ने विरुद्ध कानुनी कारबाही अघि बढाउने र अमेरिकी होमल्यान्ड सेक्युरिटीलाई जानकारी गराउने जनाएको छ।

२५ पुस, काठमाडौंमा जारी विज्ञप्तिमा उप्रेतीले भने, “गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन। परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।”

उक्त विज्ञप्तिमा भनिएको छ कि परिषद्को आधिकारिक स्वीकृति बिना गरिएका भ्रमण, कार्यक्रम, संकलन वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य मानिनेछ। परिषद्ले नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाउने जनाएको छ।

उपेतीले यस विषयमा संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई पनि औपचारिक रूपमा जानकारी गराइने स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्