काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक सेवा प्रवाहमा कागजातको आधिकारिकताका लागि हुलाक टिकट टाँस्ने अभ्यास हटाएको छ।
मन्त्रिपरिषद्को मङ्सिर २९ गतेको निर्णय अनुसार, मन्त्रालय अन्तर्गतका निकाय, विभाग र कार्यालयहरूले प्रदान गर्ने सेवा प्रक्रियामा कानुनमा व्यवस्था भएबाहेक आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास अब आवश्यक नहुने भएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “प्रचलित कानुनमा किटानी व्यवस्था भएको अवस्थामा बाहेक, कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाइएको छ।”
यस निर्णयले सेवा प्रवाह प्रक्रियालाई सरल बनाउने अपेक्षा गरिएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्