Skip to content

काठमाडौं उपत्यकामा दुर्घटना न्यूनीकरणका लागि २९ ‘ब्ल्याक स्पट’ तोकियो

कालोपाटी

१६ घण्टा अगाडि

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले अत्यधिक दुर्घटना हुने २९ स्थानलाई ‘ब्ल्याक स्पट’ घोषणा गरी सतर्क रहन सबै चालकलाई आग्रह गरेको छ। ट्राफिक सप्ताह–२०८२ सुरु गर्दै ती ब्ल्याक स्पटमा सुधारका योजना अघि बढाउने र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

उपत्यकाका प्रमुख ब्ल्याक स्पटमा कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गट्ठाघर र बौद्धका मुख्य सडकहरू रहेका छन्। ट्राफिकको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा यी स्थानमा धेरै दुर्घटना भएका थिए।

ट्राफिकले राइड सेयर एप चालक र सार्वजनिक सवारीसाधनमा जीपीएस तथा सीसी क्यामेरा राख्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका उपायहरू अघि बढाउने जनाएको छ। एसएसपी नवराज अधिकारीका अनुसार, ब्ल्याक स्पटको कमजोरी अध्ययन गरी सुधार गर्ने कार्य ट्राफिक सप्ताहकै क्रममा हुनेछ।

सवारी चालकहरूलाई ‘ब्ल्याक स्पट’मा विशेष सतर्कता अपनाउन ट्राफिकले अनुरोध गरेको छ, जसले उपत्यकामा हुने दुर्घटनाको जोखिम घटाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्