काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले धरौटीमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । बिगो बराबरको रकम बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त हुन पाउँ भनी उनले यसअघि जिल्ला अदालत काठमाडौँमा निवेदन दिएका थिए । तर जिल्ला अदालतले उनको माग अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध रायमाझी उच्च अदालत पाटन पुगेका हुन् । उच्च अदालत पाटनले शुक्रबार जिल्ला अदालत काठमाडौँबाट कैफियत प्रतिवेदन र मुद्दासम्बन्धी मिसिल झिकाउन आदेश दिएको छ । जिल्ला अदालतबाट फाइल प्राप्त भएपछि निवेदनमाथि सुनुवाइ हुने अदालतले जनाएको छ ।
यसअघि सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिगो बराबरको रकम बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त भइसकेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्