Skip to content

द्वन्द्वग्रस्त सुडानमा खाद्य संकट भयावह

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौं । सुडानमा दुई करोड १० लाखभन्दा बढी मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का प्रवक्ता जेन्स लार्केले द्वन्द्व सुरु भएको एक हजार दिन पूरा भइसकेको अवस्थामा देशमा खाद्य संकट भयावह बन्दै गएको बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार लार्केले हाल सुडानमा झण्डै तीन करोड ४० लाख जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहेको जानकारी दिएका छन् । एल फासेर र काडुगली क्षेत्रमा अनिकालको पुष्टि भइसकेको छ भने कम्तीमा २० अन्य क्षेत्रहरूमा पनि यस्तै अवस्था उत्पन्न हुने जोखिम रहेको छ ।

संयुक्त राष्ट्रसंघले सुडानमा स्थायी शान्ति स्थापना तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको कडाइका साथ पालना गर्न सबै पक्षलाई आग्रह गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार