काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र सहज रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालका अनुसार स्वयंसेवकहरू महाधिवेशन स्थल र वरपरको क्षेत्र व्यवस्थापन, सुरक्षा, र सहभागीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने जिम्मेवारीमा खटाइएका छन्।
साथै, महाधिवेशन स्थलमा स्वास्थ्य सेवा डेस्क स्थापना गरिएको छ, जसले आकस्मिक स्वास्थ्य सेवाहरू उपलब्ध गराउनेछ। स्वयंसेवकहरू कुनै पनि असहज परिस्थितिमा तत्पर रहि सहभागीलाई सहयोग गर्नेछन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्