Skip to content

कांग्रेस विशेष महाधिवेशन : दिउँसोसम्म १,३२७ प्रतिनिधिद्वारा नाम दर्ता

कालोपाटी

१० महिना अगाडि

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वयको अगुवाइमा आयोजना गरिएको दुई दिने महाधिवेशनको नाम दर्ता प्रक्रिया बिहान ९ बजेदेखि आठ वटा ‘स्टल’ मार्फत चलिरहेको छ।

विशेष महाधिवेशन पक्षधर समूहका संयोजक युवराज पाण्डेयका अनुसार दिउँसो १:३० बजेसम्म १,३२७ प्रतिनिधिले नाम दर्ता गरिसकेका छन्।

कांग्रेसले प्रतिनिधिहरूलाई प्रदेश र विशेष क्षेत्रअनुसार छुट्टाछुट्टै स्टलमा दर्ता गर्ने व्यवस्था गरेको छ। कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल, बाँकी पाँच प्रदेशका लागि छुट्टाछुटै स्टलको व्यवस्था गरिएको छ।

देशभर कांग्रेसमा ४,७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। उद्घाटन अघि सहभागीहरूले काठमाडौँका विभिन्न ६ ठाउँबाट जुलुस निकालेर महाधिवेशन स्थलमा प्रवेश गरेका थिए।

संयोजक पाण्डेयका अनुसार उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार