काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र जारी रहेको छ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन आह्वान गरेका हुन्। संस्थापन समूहले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले आह्वानको जिम्मा लिएका थिए।
विशेष महाधिवेशनको उद्घाटन स्थलमा सहभागी भएर साँझ ५ बजेसम्म २ हजार ३५ जनाले नाम दर्ता गराइसकेका छन्। बिहान ८ बजेदेखि नाम दर्ता सुरु भएको थियो।
महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार, दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ। सहभागी प्रतिनिधिहरूले स्टलबाट नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ।
कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ प्रतिनिधि रहेका छन्। प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशनको माग गरेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्