काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार भएको भन्दै त्यसको नियन्त्रणका लागि आठबुँदे संकल्प सार्वजनिक गर्नुभएको छ।
महाधिवेशनको बन्दसत्रमा पेश गरेको प्रतिवेदनअनुसार, भ्रष्टाचारले विकासको गति अवरुद्ध गर्दै, सार्वजनिक सेवाप्रति भरोसा कमजोर बनाएको र राज्यप्रति निराशा बढाएको थापाको निष्कर्ष छ।
उनले भ्रष्टाचारको आरोप लागेका कुनै पनि तहका नेता र सदस्यलाई स्वतः निलम्बन गर्ने प्रस्ताव पनि अघि सारेका छन्।
थापाले प्रस्तुत आठबुँदे संकल्पमा मुख्य बुँदाहरू यस प्रकार छन्:
-
विधिको शासन प्रभावकारी बनाउने : सार्वजनिक पदमा रहेका सबै व्यक्ति कानुनको अधिनमा रहने, प्रशासन दलीयकरणमुक्त हुने र सार्वजनिक निकायमा स्वच्छता कायम राखिने।
-
नीतिगत निरन्तरता : सरकार फेरिएपिच्छे नीति परिवर्तनको रोग अन्त्य गर्दै राष्ट्रिय सहमतिमा आधारित दीर्घकालीन नीति लागू।
-
राजनीतिक नेतृत्वको उदाहरण : मन्त्री, सांसद र उच्च पदस्थले सपथपूर्व सम्पत्ति घोषणा, पदमा रहँदा र पद छाड्दा तुलना गरिने।
-
स्वतन्त्र अख्तियार : दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक लगायतलाई कानुनी, संरचनात्मक र व्यवहारिक रूपमा पूर्ण स्वतन्त्र बनाइने।
-
सम्पत्ति छानबिन आयोग : विसं २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका सबैको सम्पत्ति छानबिन।
-
सार्वजनिक खरिद सुधार : ठेक्का प्रक्रिया डिजिटल, खुला र नागरिक निगरानीमैत्री बनाइने। ठेक्का सूचना, लागत र प्रगति सार्वजनिक।
-
अख्तियारको संवैधानिक सशक्तिकरण : पदाधिकारी नियुक्ति योग्यता, क्षमता र इमान्दारीमा आधारित, दलीय भागबन्डाबाट मुक्त।
-
स्वतः निलम्बन : भ्रष्टाचारको आरोप लागेका नेता र सदस्यलाई संरक्षण नगरी आरोप लागेको मितिदेखि पदबाट स्वत: निलम्बन।
महामन्त्री थापाले भ्रष्टाचार नियन्त्रणलाई सुशासनको आधार मान्दै यसको लागि राजनीतिक इच्छाशक्ति र संस्थागत सुधार अपरिहार्य भएको बताएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्