Skip to content

कल्याणपुरका पूर्वमेयर रामपुकार साह भ्रष्टाचारमा दोषी, ६ महिना कैद र १ लाख जरिवाना

कालोपाटी

४ हप्ता अगाडि

काठमाडौं । सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालत, काठमाडौंले सोमबार उनलाई घुस लिएको आरोपमा ६ महिना कैद र रू. १ लाख जरिवाना तोकेको छ।

अदालतको इजलासमा अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू हेमन्त रावल तथा उमेश कोइराला रहेका थिए।

पक्राउ प्रक्रिया अनुसार, मेयर साहले नगरपालिकाको आर्थिक वर्ष २०७८–८२ को पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिका अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले उनलाई रंगेहात पक्राउ गरेको थियो।

अदालतमा तेलीले उक्त रकम आफ्नो छोराको व्यापारिक कारोबारसँग सम्बन्धित रहेको दाबी गरे पनि मोबाइल संवाद र नोटको नम्बर प्रमाणले उनलाई दोषी सावित गर्‍यो।

साथै, अदालतले उनलाई अपराध पीडित संरक्षण कोषमा ४ हजार रुपैयाँ शुल्क बुझाउन पनि आदेश दिएको छ।

यसैबिच, सोही मुद्दामा प्रतिवादी बनाइएकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीलाई अदालतले सफाइ दिएको छ। उनले जानीजानी भ्रष्टाचार गरेको पुष्टि हुने ठोस प्रमाण नपुगेको कारण उनलाई दोषमुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार