काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको परिस्थितिमा खड्काले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न स्पष्ट आग्रह गर्नुभएको हो।
उहाँले देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्था समाप्त पार्न आवश्यक भएको उल्लेख गर्नुभयो। साथै, कांग्रेसले इतिहासमा विषम परिस्थितिको सही मूल्याङ्कन गर्दै नेतृत्वमार्फत उचित निकास दिएको अनुभव रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्