काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी माघ २८ गतेको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकेको छ। अदालतले निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
निर्वाचन रोक्न अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायतलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए।
उच्च अदालत पाटनका न्यायाधीश कृपासर कार्कीको एकल इजलासले सोमबार आदेश जारी गर्दै, “नयाँ पत्रिका दैनिकमा प्रकाशित उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचन सम्बन्धी अन्य कुनै पनि कार्य नगर्नु नगराउनु” भनेर स्पष्ट निर्देश दिएको छ।
अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि आगामी माघ ६ गते उपस्थित हुन आदेश दिएको छ। साथै, विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न अनुमति पनि दिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्