काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले निर्वाचन समिति भंग गर्दै नयाँ समिति गठन गरेको छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा नयाँ निर्वाचन समिति गठन गरिएको हो।
यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा गठन गरेको निर्वाचन समिति विशेष महाधिवेशनले भंग गरेको हो। नयाँ समितिले महाधिवेशनका बाँकी प्रक्रिया तथा निर्वाचन प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन्।
हाल भृकुटीमण्डपमा बन्दसत्र जारी छ भने संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको जनाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्