काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध राख्ने देशहरूबाट आयात हुने वस्तुमा २५ प्रतिशत भन्सार कर (ट्यारिफ) लगाउने घोषणा गर्नुभएको छ।
इरानमा सरकारविरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरिरहेका बेला दबाब बढाउने उद्देश्यले यो कदम चालिएको हुन सक्ने बीबीसीले जनाएको छ। ट्रम्पले इरानले प्रदर्शनकारीमाथि दमन जारी राखेमा सैन्य हस्तक्षेप गर्न सकिने चेतावनी दिएपछि नयाँ कर घोषणा गरिएको हो।
चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ। त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत प्रमुख व्यापारिक साझेदार देशका रूपमा रहेका छन्।
ह्वाइट हाउसकी प्रवक्ता कारोलिन लेभिटले हवाई आक्रमणलगायत सैन्य विकल्पहरू अझै पनि विचाराधीन अवस्थामा रहेको बताउनुभएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्