काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। सूचीको ६२औँ नम्बरमा रहेकी पोखरेलको नाम सार्वजनिक भएपछि राष्ट्रपति पौडेलसँग जोडेर आलोचना सुरु भएको थियो।
रातोपाटीसँगको कुराकानीमा पोखरेलले नाम फिर्ता लिएको पुष्टि गर्दै भनिन्, “मैले नाम फिर्ता लिएकी छु। अब पार्टीले त्यसअनुसार काम गर्ला।”
उनको नाम सूचीबाट हटेसँगै यस विषयमा उठेको विवाद केही हदसम्म मत्थरिने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्