काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज शपथ लिएका छन्। जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँगै उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन्।
शपथ अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ र नैतिक आचरण पालन गर्ने, साथै प्रतिक्रियावादी शक्ति र गलत विचारविरुद्ध जुद्धिरहने विषयहरू समेटिएका छन्।
नेपाली कम्युनिस्ट पार्टी तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरणबाट गठन भएको हो। नवगठित पार्टीका केन्द्रीय सदस्यहरूलाई पनि पद तथा गोपनियताको शपथ खुवाउने तयारी गरिएको छ।
शपथपछि जेष्ठ सदस्य प्रसाईंले प्रचण्ड र नेपाललाई परिचयपत्र हस्तान्तरण गरेका छन्। अब २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्