Skip to content

डेढ वर्षअघि त्रिशूलीमा हराएका दुई बसमध्ये एउटा भेटियो

कालोपाटी

१३ घण्टा अगाडि

काठमाडौँ । डेढ वर्षअघि चितवनको सिमलतालबाट त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये गणपति यातायातको बस फेला परेको छ।

२०८१ असार २८ गते काठमाडौँबाट गौरतर्फ यात्रा गरिरहेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ तर्फ गुडिरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस पहिरोले बगाएर त्रिशूली नदीमा हराएका थिए।

अस्ति आइतवार बिहान बसको केही भाग देखिएको थियो, त्यसपछि उत्खनन सुरु गरिएको थियो। आज सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स बस रहेको पुष्टि गरेको छ।

बसमा ६५ जना यात्रु सवार थिए, जसमा तीन यात्रु मात्र पौडेर ज्यान बचाएका थिए। खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बलका गोताखोर, वाटर ड्रोन (सोनार) प्रयोग गरिएको थियो। भारतबाट उच्च प्रविधियुक्त गोताखोर टोली पनि खटाइएको थियो।

अहिलेसम्म अर्को बस भने अझै बेपत्ता छ।

प्रतिक्रिया दिनुहोस्