Skip to content

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी दर्ता साढे ७ बजेसम्म, मतदान भोलि बिहान

कालोपाटी

१२ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको समय साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म तोकिएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले बताएअनुसार यसपछिको समय थप्ने व्यवस्था छैन।

निर्वाचन समितिले परिमार्जित कार्यतालिका छिट्टै सार्वजनिक गर्नेछ। मतदान भोलि बिहानदेखि सुरु हुने सचिवालयले जनाएको छ।

विशेष महाधिवेशनको बन्द सत्र हाल ९ घण्टादेखि ब्रेक बिना जारी छ। दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बन्द सत्रमा सबै समय उपस्थित रहेर कार्यक्रम अघि बढाइरहेका छन्। बन्द सत्र दुई घण्टा भित्र समाप्त हुने र आएका सुझावहरू समेटिने जानकारी सचिवालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस्