Skip to content

एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ, १ करोड ८० लाख रुपैयाँ बरामद

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । नेपाल एसबीआई बैंकको सिन्धुली जिल्लास्थित घ्याङलेख गाउँपालिका–२ बस्तीपुर (हायुटार) शाखामा मंगलबार राति भएको लुटपाट घटनामा संलग्न चार जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूलाई घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए।
“चार जना पक्राउ परेका छन्, घटनाबारे थप अनुसन्धान भइरहेको छ,” एसपी सुवेदीले बताए।

मंगलबार राति पाँचदेखि छ जनाको समूहले बैंकमा प्रवेश गरी करिब ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट गरेको थियो।
प्रहरीका अनुसार लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ विभिन्न स्थानबाट स्थानीयको सहयोगमा बरामद गरिएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार