Skip to content

महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा

कालोपाटी

१९ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन्।

बुधबार बिहान सहमतिका प्रयासस्वरूप पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा त्यसपछि आफू निकट नेता तथा कानुनविद्हरूसँग छलफलमा जुटेका हुन्।

सभापति देउवासँगको छलफलका क्रममा प्रत्यक्षतर्फका उम्मेदवारको टिकटमा अर्को उम्मेदवारको हस्ताक्षर कानुनअनुसार मान्य हुन्छ कि हुँदैन भन्ने विषयमा देउवाले निर्वाचन आयोग र कानुनका जानकारहरूसँग परामर्श गरी निर्क्यौल निकाल्न सुझाव दिएका थिए।

सभापति देउवासँग भएको छलफलको विषयमा कानुनविद्हरूसँग महामन्त्रीद्वय थापा र शर्माले विस्तृत छलफल गरिरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिए।

बुधबार बिहान सभापति देउवासँग भएको छलफलमा सहमति हुन नसकेपछि महामन्त्रीद्वय देउवा निवासबाट बाहिरिएका थिए। यस विषयमा पार्टीभित्र थप छलफल र परामर्श जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्