Skip to content

महाधिवेशनमा सभापतिका लागि थापाले दर्ता गरे एकल उम्मेदवारी

कालोपाटी

१९ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा हालसम्म थापाको मात्रै मनोनयन दर्ता भएको छ।

त्यसैगरी, अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ।

बुधबार बिहान सहमतिका प्रयासस्वरूप सभापति शेरबहादुर देउवासँग महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए। तर, वार्ता सफल हुन सकेन।

हाल दुई महामन्त्री थापा र शर्मा कानुनविद्हरूसँग परामर्शमा रहेको जनाइएको छ।

निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकिएको छ र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ।

प्रतिक्रिया दिनुहोस्