काठमाडौँ । राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन आह्वान गर्दै अनधिकृत रूपमा बल्क एसएमएस पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सेढाईंले एटी अलर्टको बल्क एसएमएस प्रणाली दुरुपयोग गरी एकैदिन करिब ५० लाख सन्देश पठाएका थिए। वेदव्यास इन्टरप्राइजेज नामक कम्पनीको नामबाट विभिन्न एसएमएस सेवा प्रदायकसँग सेवा लिएर त्यसको दुरुपयोग गर्दै आन्दोलनमा सहभागी हुन आह्वान गरिएको पाइएको छ।
यस किसिमको गतिविधिले व्यक्तिगत गोपनीयताको हनन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। यसैबीच नेपाल टेलिकमले पनि विज्ञप्ति जारी गर्दै व्यापार व्यवसायको प्रवर्द्धनका लागि मात्रै एसएमएस प्रवाह गर्न स्वीकृति दिने गरिएको र राजनीतिक वा अन्य उद्देश्यका लागि दुरुपयोग गर्न नपाइने स्पष्ट पारेको छ।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान र सोधपुछ जारी रहेको जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्