काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफलले अपेक्षित सफलता नपाएको बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सहमतिको प्रयासमा अधिकतम लचकता अपनाउँदा पनि समाधान ननिस्किएको स्पष्ट पारे ।
लेखकका अनुसार पार्टीलाई एकताबद्ध राख्न संस्थापन पक्षले निरन्तर संवाद र समझदारीको प्रयास गरे पनि हालसम्म ठोस निष्कर्षमा पुग्न सकिएको छैन । “हामीले धेरै प्रयास गर्यौँ, निकै लचक पनि भयौँ, तर अहिलेसम्म सहमति जुट्न सकेको छैन,” उनले बैठकमा भने ।
विशेष महाधिवेशन पक्षधर नेताहरू—महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित—आफ्नो अडानमा कायम रहेपछि संस्थापन पक्ष संवादमार्फत विवाद समाधान गर्ने प्रयासमा जुटेको थियो । यस क्रममा संस्थापन समूह, विशेष महाधिवेशन समूह र शेखर कोइराला समूहका प्रतिनिधि नेताहरूबीच पटक–पटक छलफल भएको थियो ।
तर विशेष महाधिवेशन समूहले अघि सारेको सभापतिको बहिर्गमनलगायत प्रमुख विषयमा सहमति जुट्न नसक्दा कांग्रेस आन्तरिक संकटतर्फ उन्मुख देखिएको छ । संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाण, विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे तथा शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र जीवन परियार छलफलमा सहभागी थिए ।
छलफल निष्कर्षविहीन भएपछि पार्टीभित्रको विवाद थप जटिल बन्दै गएको नेताहरूको बुझाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्