काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले ५ वर्षका लागि कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।
महामन्त्रीद्वयले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै आह्वान गरेका थिए। तर, सहभागी केन्द्रीय समितिले पुसमा नियमित महाधिवेशन सम्भव नभएको भन्दै वैशाखमा गर्ने सहमति गरिसकेको थियो। गगन–विश्वप्रकाशले यस निर्णयमा फरक मत राखेपछि पार्टीले कारबाही अघि बढाएको हो।
पार्टीले विशेष महाधिवेशन पक्षमा लागेका अन्य नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्कन निर्देशन दिएको छ। त्यसबीच निर्वाचन समितिले सभापति पदमा गगन थापाको नाम दर्ता गरेको र अन्य पदाधिकारीमा मनोनयन भइसकेको जनाएको छ।
यो कदमले कांग्रेसभित्रको विवाद अझै तीव्र हुने र पार्टी एकता परीक्षणको अवस्थामा रहेको बुझिन्छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्