काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच वर्षका लागि निष्कासन गरेपछि पार्टी विभाजनको संकेत देखिएको छ।
बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
यस कदमसँगै विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी सुरु गरेका छन्। यसअघि पार्टीभित्र विवाद मिलाउन पटक–पटक प्रयास भए पनि सहमति जुट्न सकेको थिएन।
पार्टीमा उत्पन्न तनाव र विभाजनले आगामी राजनीतिक गतिविधिहरूमा नयाँ चुनौती थप्ने अनुमान गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्