काठमाडौँ । नेपाली कांग्रेसमा पार्टी विभाजनको अवस्था सिर्जना भएको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।
विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेका बेला आएको यो निर्णयले विशेष महाधिवेशन स्थलमा आक्रोश फैलिएको छ। कार्यकर्ताले सभापति शेरबहादुर देउवाको विरोधमा चर्को नाराबाजी गरेका छन्।
भृकुटीमण्डपमा कार्यकर्ताहरूको चहलपहल निर्णयपछि उल्लेखनीय रूपमा बढेको छ। पार्टीभित्र विवाद मिलाउनका लागि पहल भए पनि हालसम्म सहमति जुट्न सकेको छैन।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्