काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेसँगै पार्टी भित्र विवाद चर्किएको छ। तर, गगन–विश्वप्रकाश पक्षले विशेष महाधिवेशनबाट विधिवत र विधानसम्मत नेतृत्व चयन भइरहेको भन्दै आफूहरू नै कांग्रेसको आधिकारिक पक्ष रहेको दाबी गरेका छन्।
महामन्त्री गगन थापाले विशेष महाधिवेशनले पार्टीको नेतृत्व चयनको प्रक्रिया अघि बढाएको र निर्वाचन आयोगलाई आजै जानकारी दिने तयारी भइरहेको बताएका छन्। उनले भने, “पार्टीको चुनाव चिह्न रुख र चारतारे झन्डा हामीसँगै छ। यही नै कांग्रेस हो।”
थापाका अनुसार, वैशाखसम्म कुर्न नसकिएको कारण देश, समाज र कार्यकर्ताको दबाव रहेको थियो। उनले देउवा समूहसँग संवाद प्रयास भए पनि सफल नभएको बताएका छन्।
विशेष महाधिवेशनले निर्वाचित नेतृत्वबारे विधिवत प्रक्रिया पुरा गर्ने तयारी गर्दैछ भने, गगन–विश्वप्रकाश पक्षले पार्टीको आधिकारिकता आफ्नो पक्षमा रहेको स्पष्ट पारेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्