काठमाडौँ । नेपाली कांग्रेस नेतृत्व विवादका कारण विभाजित भएको छ। पार्टीका शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षको लागि कारबाही गरेको छ।
यसैबीच, विशेष महाधिवेशनले अब सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ। देउवा पक्ष चुनावमा जान तयार नभएपछि पार्टीभित्र रुपान्तरण चाहने र नचाहने समूहबीचको संघर्ष विभाजनको तहमा पुगेको हो।
कांग्रेस केन्द्रीय समितिले थापा, शर्मा र मन्सुरलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेको छ। कारबाहीको घोषणा पश्चात गगन थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको भन्दै, “मैले इतिहास बनाएको पार्टी हो, आन्दोलन हाँकेको पार्टी हो,” भनी प्रतिक्रिया दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्