काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले महामन्त्री विश्वप्रकाश शर्मालाई कारबाही गरेपछि उनले पार्टी र देशलाई बदल्नसक्ने व्यक्ति गगन थापा मात्रै भएको बताएका छन्।
बुधबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमा बोल्दै शर्माले कारबाहीबाट नआत्तिएको र राजनीतिमा कहिलेकाहीँ यस्तो हुने स्वभाविक कुरा भएको बताएका छन्। उनले कारबाहीलाई स्वाभाविक रूपमा लिने र यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन्।
शर्माले भने, “हामी प्रतिबद्ध गर्छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो। यहाँ अलमलिनुपर्ने कारण छैन। कारबाहीमा परेका हामी आत्तिएका छैनौं। राजनीतिमा यस्तो हुन्छ। यो स्वाभाविक हो। हामी यसलाई बदल्छौं।”
उनको यो अभिव्यक्तिले देउवा पक्षको कारबाहीपछि विशेष महाधिवेशन पक्षधर नेताहरूको मनोबल उच्च भएको संकेत गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्