Skip to content

एमालेले ४ माघदेखि चुनावी अभियान सुरु गर्ने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेले आगामी ४ माघदेखि औपचारिक रूपमा चुनावी अभियान सुरु गर्ने निर्णय गरेको छ । बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौँको भृकुटीमण्डपबाट सुरु हुने अभियान प्रज्ञा भवनमा आयोजना हुने सभासहित अगाडि बढ्नेछ ।

बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाका अनुसार अभियानको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । सभाबाट बागमती प्रदेश कमिटी अन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित हासिल गर्ने घोषणा गरिने छ ।

एमालेले राजधानी उपत्यकाका तीन जिल्ला बाहेकका क्षेत्रलाई बागमती प्रदेश कमिटीअन्तर्गत राखेर चुनावी तयारी तीव्र बनाएको जनाएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा जोड दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार