Skip to content

‘जेनजी विद्रोह अर्थहीन निर्वाचनमात्रै पायौँ’ : अभियन्ता ढुंगाना

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले जेनजी विद्रोहको उपलब्धि अर्थहीन निर्वाचन मात्रै भएको बताएका छन्। बिहीबार माइतीघरमा आयोजित प्रदर्शनमा उनले वर्तमान संविधान र प्रणालीमा समस्या रहेको आरोप लगाएका छन्।

ढुंगानाले भने, “पात्र मात्र गलत होइन, प्रणाली पनि गलत छ। निर्वाचनको रट लगाउने क्रमले युवाको भावना नजरअन्दाज गर्दै अन्त्यहीन निर्वाचनतर्फ धकेलिरहेको छ। अहिलेका नयाँ पात्रहरूले संविधान उत्कृष्ट भएको दाबी गर्दै छन्, तर हाम्रो विद्रोहले पाएको केबल अर्थहीन निर्वाचन हो।”

उनले वर्तमान संविधानले मानिसको हात बाँध्ने र वास्तविक सुधारको बाटो रोक्ने बताएका छन्। ढुंगानाले भने कि विद्रोहका प्रयासले वास्तविक परिवर्तन ल्याउन सकेनन्, र देशको वर्तमान स्थितिमा निकास पाउन गाह्रो रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार