Skip to content

पाटेबाघको आक्रमणमा एक सातामा तीन जनाको मृत्यु, नियन्त्रण वा मार्ने आदेश जारी

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । सुर्खेत र सल्यानको सीमावर्ती क्षेत्रमा पाटेबाघको आक्रमण बढ्दै गएपछि एक साताभित्र तीन जनाको ज्यान गएको छ।

गत पुस २३ गते भेरीगङ्गा नगरपालिका–५ की ५७ वर्षीया गङ्गा सारु, पुस २६ गते कालीमाटी गाउँपालिका–७ की धनसरी रावत, र पुस २९ गते कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडी पाटेबाघको आक्रमणमा परेका थिए। बाघले मानिससहित घरपालुवा पशु पनि आक्रमण गरेका कारण स्थानीय बासिन्दा त्रसित भएका छन्।

डिभिजन वन कार्यालय सल्यानले उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिन वा आवश्यक परे मार्न आदेश जारी गरेको छ। आदेश अनुसार विशेषज्ञ टोली परिचालन गरी बाघ नियन्त्रण वा मार्ने कार्य अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार