Skip to content

‘ठग र लुसिफरहरूले युवालाई देशविरुद्ध उकास्दैछन्’ : ओली

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई भ्रममा पारेर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजिरहेको बताएका छन्। ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले युवालाई देश पढ्न, बुझ्न र यसलाई कता लैजान खोजिएको हो भन्ने जानकारी राख्न आवश्यक रहेको बताए।

ओलीले रास्वपा प्रवेश गरेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग सम्बन्धित तामझामको उदाहरणसमेत दिएका छन्। उनले भने, “कोही–कोही मसँग चुनाव लड्न तामझाम गर्दै आएका छन्। ठग र लुसिफरहरूले युवालाई प्रभावित पार्न खोजिरहेका छन्। युवाहरू सचेत हुनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार