काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद चुलिँदै गएपछि शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरू निर्वाचन आयोग पुगेका छन्।
विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापति चयन भएपछि कांग्रेसको आधिकारिकताबारे विवाद उत्पन्न भएको हो। सोही विषयमा छानबिन गरिरहेको निर्वाचन आयोगमा देउवा पक्षका नेता–कार्यकर्ताहरू आफ्नो पक्षका धारणा राख्न पुगेका हुन्।
नेता कल्याण गुरुङका अनुसार केन्द्रीय समितिका पदाधिकारी, जिल्ला सभापति, भातृ संस्था तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको टोली निर्वाचन आयोग पुगेको हो।
‘हामी हाम्रा कुरा राख्न आयोग आएका छौँ,’ गुरुङले भने।
पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई नेपाली कांग्रेसको सभापति चयन गरेको थियो। त्यसपछि देउवा पक्ष र थापा पक्ष दुवैले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा छुट्टाछुट्टै निवेदन दिएका छन्।
ती निवेदनमाथि आयोगले आवश्यक छानबिन गरिरहेको जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्