Skip to content

नेपाली काँग्रेसका पूर्व सभापति देउवा पक्ष आकस्मिक बैठक बोलाए, काँग्रेसका कार्यकर्ताले पार्टी कार्यालय छिर्न देलान् ?

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आकस्मिक रूपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा माघ ३ गते शनिबार बिहान बैठक आह्वान गरिएको हो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठक शनिबार बिहान ८ बजे ललितपुरस्थित बी.पी. नगरको पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

यता आधिकारिक नेपाली काँग्रेसको मान्यता पाएको गगन पक्षका कार्यकर्ताहरुले भने देउवा पक्षका नेतालाई पार्टी कार्यालय प्रवेशमै निषेध गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार