Skip to content

निर्वाचन आयोगको निर्णय विरुद्ध काँग्रेसका पूर्व सभापति देउवा समूह सर्वोच्च जाने !

कालोपाटी

५४ मिनेट अगाडि

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयलाई चुनौती दिँदै आइतबार सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार निर्वाचन आयोगले आफूहरूलाई औपचारिक रूपमा नसुनाई नजिर, विधान र निर्वाचनसम्बन्धी कानुनी प्रक्रिया नपालनी निर्णय गरेको ठहर समूहको छ। आयोगको निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै अदालतमार्फत न्याय खोज्ने र त्यससँगै राजनीतिक प्रतिवादका विभिन्न स्वरूपबारे तयारी अघि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार