Skip to content

देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेका लागि तोकियो पेसी

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले निर्वाचन आयोगको गगन थापा समूहलाई आधिकारिकता दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

सर्वोच्च प्रशासनले रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गरेका हुन्। पेसी आजै तोक्न आग्रह गरे पनि नियमावलीअनुसार आज पेशी सम्भव नभएको अदालतले जानकारी दिएको छ।

देउवा समूहले निर्वाचन आयोगको निर्णयले पार्टीको दुईतिहाइ शक्ति कमजोर हुने र आगामी निर्वाचनमा भाग लिनबाट वञ्चित हुने अवस्था आउन सक्ने भन्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।

यसअघि, गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेको थियो। सो महाधिवेशनबाट गगन थापा सभापति चुनिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार