Skip to content

देउवा पक्षद्वारा माइतीघर मण्डलामा आन्दोलन (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरु आन्दोलित भएका छन् । आज माइतीघर मण्डलामा देउवा पक्षका कार्यकर्ताहरुले संविधानको मर्म मार्न पाइँदैन, विधिको शासन कायम गर, अवैधानिक निर्णय फिर्ता गर, कानूनी राज्यको सम्मान गर भन्ने जस्ता नारासहित आन्दोलन गरेका छन् । साथै, लोकतन्त्र मास्न पाइँदैन, आयोगको पाराले दुख पायो साराले भन्ने खालका नाराहरु पनि आन्दोलनमा गुन्जिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार