Skip to content

सर्वोच्चमा देउवा समूहको माग : ‘मंगलबारको मनोनयन स्थगित हुनुपर्छ’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी मंगलबार (६ माघ) तोकिएको प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्न सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।

देउवा–खड्का समूहले गगन–विश्व समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका छन्। उनीहरूले मंगलबारको मनोनयन रोक्न, यदि मनोनयन भइसकेको छ भने स्थगित गरी नयाँ मिति घोषणा गर्न आदेश हुनुपर्ने पनि माग गरेका छन्।

रिट निवेदनमा उनीहरूले भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई भंग गर्नुपर्ने र निर्वाचन आयोग, भृकुटीमण्डप कार्यसमिति, सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको उल्लेख छ।

सर्वोच्च अदालतले रिट निवेदनको प्रारम्भिक सुनुवाइ मंगलबार गर्ने निर्णय गरेको छ, जस दिन प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयनको तालिका समेत छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार