Skip to content

अस्मिता बनिन् एमालेको एकमात्र ‘जेन–जी उम्मेदवार’, गाउँपालिका उपाध्यक्षबाट राजीनामा

कालोपाटी

१ घण्टा अगाडि

 काठमाडौँ । लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने तयारीसहित पदबाट राजीनामा दिएकी छन्। २०७९ जेठमा मात्र २५ वर्षको उमेरमा उपाध्यक्ष निर्वाचित भएर देशकै सबैभन्दा कम उमेरकी उपाध्यक्ष बनेकी थापा यसपटक एमालेबाट टिकट पाउने सबैभन्दा कान्छी उम्मेदवार तथा पार्टीको एकमात्र ‘जेन–जी उम्मेदवार’ बनेकी छन्।

एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीकी सबैभन्दा कान्छी सदस्यसमेत रहेकी थापा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहेकै बेला गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार