काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका उम्मेदवार टुंगो लगाउन संसदीय बोर्डको बैठक बसाउने भएको छ। सभापति गगन थापा को आह्वानमा आज बिहान ११ बजे बैठक सुरु हुने संसदीय बोर्डका एक सदस्यले जानकारी दिए।
संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री रहेका छन्। बोर्डको बैठकमा सबै पक्षलाई समेटेर टिकट बाँडफाँट गर्ने प्रक्रियालाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षबीच हिजोदेखि नै उम्मेदवारको तालमेल र टिकट वितरणको विषयमा संवाद सुरु भएको थियो। संसदीय बोर्डको बैठकपछि कांग्रेसले आफ्नो उम्मेदवारको सूची सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्