काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर सुरु गरेको छ। आयोग परिसरमा स्थापना गरिएको यस कल सेन्टर मतदाता, नागरिक र सरोकारवालाका जिज्ञासा सुनुवाइका लागि सञ्चालनमा आएको प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो।
भट्टराईका अनुसार, “कल सेन्टर आजबाट सुरु भएको छ। हाल कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइँदैछ। समय क्रमश: थपिँदै जानेछ।”
कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गरिनेछ। मतदाता, नागरिक वा सरोकारवालाले नि:शुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर आफ्ना प्रश्नहरू राख्न सक्नेछन्। एकैपटक १५ जनासम्मले फोन गर्दा पनि कलहरू होल्डमा राख्नुपर्ने छैन।
निर्वाचन आयोगले जानकारी दिएको छ कि यो कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण हुने अवधिसम्म सञ्चालनमा रहनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्