काठमाडौँ । झापा–२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानामगरबीच रोचक चुनावी भिडन्त हुने निश्चित भएको छ। घिमिरे एमालेका उम्मेदवार हुन् भने राना रास्वपाबाट टिकट पाएकी छिन्।
झापा–२ मा रास्वपाले प्रारम्भमा निशा डाँगीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो। तर रानाले सुरु देखि दाबी गरेकी थिइन्। पार्टी नेतृत्वले उनलाई उदयपुर–२ मा लड्न प्रस्ताव गरे पनि उनले अस्वीकार गरेकी थिइन्। अन्ततः डाँगीलाई झापा–१ मा सारेर रानालाई झापा–२ बाट टिकट दिइएको हो। दुबै उम्मेदवार यसै क्षेत्रका बासिन्दा हुन्।
इन्दिरा राना यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् र रास्वपाले उनलाई उपसभामुख पनि बनाएको थियो। उनका कार्यकाल केही विवादित बनेको थियो। केही व्यक्तिलाई अमेरिकाको भिसा प्राप्त गर्न दूतावासमा पठाएको पत्रमा उपसभामुखको लेटरहेड प्रयोग गरेको सार्वजनिक भएपछि उनी विवादमा मुछिएकी थिइन्।
पूर्वसभामुख घिमिरे कुनै ठूलो विवादमा मुछिएका छैनन्, तर सभा सञ्चालनमा सन्तुलन कायम गर्न नसकेको आरोप खेपिरहे। उनी एमाले अध्यक्ष केपी ओलीको इशारामा चल्ने आरोपबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्। घिमिरे यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा विजयी बनेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्