काठमाडौँ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन्। उनले प्रदेशसभाबाट विधिवत रूपमा राजीनामा दिएको जानकारी गराएका छन्।
सिंहले भने, “आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ। साथै, जनमत पार्टीका साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको छु।”
प्रतिनिधि सभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका छन्। आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा दर्ता गरिएको स्वाभिमान पार्टीबाट उनी प्रतिनिधि सभा उम्मेदवार बन्ने तयारीमा छन्।
सिंह २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीबाट प्रतिनिधि सभा सदस्य चुनिएका थिए। उनले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनेका थिए।
जेनजी आन्दोलनको क्रममा जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले फेसबुकमार्फत राजीनामा दिएका थिए। पछि पार्टीले समर्थन फिर्ता लिएको भए पनि त्यसपछि सिंह पार्टीभित्र विवादित बनेका थिए।
सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष रहिसकेका छन्। ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्