Skip to content

तीन वर्षअघि पोखरेललाई हराएकी रेखा यसपाली प्रत्यक्ष चुनावबाट बाहिर

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । तीन वर्षअघि दाङ–२ बाट संसदीय निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई हराएकी नेपाली कम्युनिष्ट पार्टीकी नेता रेखा शर्मा यसपालि चुनाव नलड्ने निर्णय गरेकी छन्।

तत्कालिन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखाले १९६ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्। उनले २६,८७७ मत प्राप्त गरेकी थिइन् भने पोखरेलले २६,६८१ मत पाएका थिए।

यसपालि दाङ–२ बाट एमाले महासचिव पोखरेल नै उम्मेदवार छन्। माओवादी सहितका पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले यहाँ निर्मल आचार्यलाई उम्मेदवार बनाउने पक्का भएको छ।

रेखाले आफू दुईचोटी समानुपातिक र एकपटक प्रत्यक्ष सांसद भइसकेकोले यसपालि चुनावमा उम्मेदवारी नदिने निर्णय गरेको बताइन्। उनले भनिन्, “म दुईचोटी समानुपातिक सांसद भइसकेँ। एकपटक प्रत्यक्ष चुनाव जितेँ। यसपालीको चुनावमा उम्मेदवारी नै दिन्न।”

उनलाई यसपालि क्षेत्रले पनि सिफारिस गरेको थिएन।यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले दाङ–२ मा सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार