Skip to content

पूर्णबहादुर खड्का चुनाव नलड्ने, पार्टी प्रचार-प्रसारमा सक्रिय

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। खड्का निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नहुन लागेका भए पनि देशभर चुनाव प्रचार–प्रसारमा सक्रिय रहने र पार्टीलाई जिताउन योगदान दिने बताइएको छ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिसमा परेका थिए। तर, पार्टीमा विकसित पछिल्लो घटनाक्रमका कारण उनले चुनाव लड्ने बाटो छोडेका हुन्।

उनका निकट स्रोतले भने, “पूर्ण दाइ चुनाव लड्न हुन्न। तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ। पार्टीलाई जिताउन लाग्नुहुन्छ।”

खड्काले सर्वोच्च अदालतमा दायर गरेका मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन आफू लाग्ने बताएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार, खड्काले आफ्ना निकट नेताहरूसँग भनेका छन्, “अदालतको निर्णय गगनजीको पक्षमा आए पनि सबैलाई मिलाएर पार्टी एकढिल्का राख्नेछु। संस्थापनको पक्षमा निर्णय आयो भने गगनजीहरूलाई पनि मिलाएर पार्टी एकढिल्का बनाउनेछु।”

यस निर्णयपछि खड्का चुनावी मैदानमा प्रत्यक्ष प्रतिष्पर्धी नभए पनि पार्टीको प्रचार–प्रसार र एकता कायम राख्ने रणनीतिक भूमिकामा केन्द्रित हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार