Skip to content

रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

कालोपाटी

३ दिन अगाडि

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि दायर अभियोग संशोधन गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुर अजीज मुसलमानको इजलासमा परेको छ।

सर्वोच्च अदालतको न्यायाधीश मुसलमानको इजलासको ‘ग’ नम्बरमा उक्त रिट पेशी तोकिएको हो। लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा महान्यायाधीवक्ता कार्यालयले संशोधन गर्दै फिर्ता लिएको निर्णयविरुद्ध रिट दायर गरिएको थियो।

केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो। रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ।

हाल महान्यायाधीवक्ता कार्यालयले लामिछानेसहित सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका अन्य प्रतिवादीहरूमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्दै फिर्ता लिएको थियो। सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएसँगै अब अदालतको फैसलातर्फ सबैको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार