Skip to content

‘अवैधानिक नेतृत्वले हस्ताक्षर गरेको टिकट लिएर चुनावमा जान्नँ’: पूर्णबहादुर खड्का

कालोपाटी

४ घण्टा अगाडि

 काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने दाबी दोहोर्‍याएका छन्।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवारका टिकट बाँड्न थालेपछि खड्काले आफू चुनाव नलड्ने घोषणा गरेका हुन्।

खड्काले अवैधानिक नेतृत्वले हस्ताक्षर गरेको टिकट लिएर निर्वाचनमा जान नसकिने स्पष्ट पार्दै पार्टीभित्रको वैधानिकता र प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।

कांग्रेसभित्र विशेष महाधिवेशनको वैधताबारे विवाद चुलिँदै गएको बेला खड्काको यो अभिव्यक्तिले पार्टीको आन्तरिक राजनीतिक तनाव थप बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार