Skip to content

हर्क साम्पाङले सुनसरी-१ बाट गराए मनोनयन दर्ता

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी–१ बाट उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भइरहेको छ। हालसम्म सो क्षेत्रमा चार उम्मेदवारले दर्ता गरिसकेका छन्।

अहिलेसम्म उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरूमा नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ, र श्रम संस्कृति पार्टीका हर्कराज राई (हर्क साम्पाङ) रहेका छन्।

निर्वाचन कार्यालयले थप उम्मेदवारहरूले पनि मनोनयन दर्ता गर्न सक्ने सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार